गुरुकुल संगीत प्रशिक्षणमा श्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४
GURUKUL

पोखरा, ९ माघ । वसन्तपञ्चमी तथा सरस्वती पूजा अवसरमा पोखराको गुरुकुल संगीत प्रशिक्षण स्कुलमा मंगलबार श्रष्टा सम्मान गरिएको छ।

वसन्तपञ्चमी संगीतउत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि प्राडा कुसुमाखर न्यौपानेले आगामी दिनमा संगीत विषयको विश्वविद्यालयस्तरीय पठनपाठन पोखरामै गराउन आफूले कदम चालेको र निकट भविष्यमा सो लागू गराउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा तीन दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएकोमा गायिका लक्ष्मी गिरीलाई सम्मानपत्र गरियो ।

यस्तै, केन्द्रमा नियमित तथा अनुशासित २ जना प्रशिक्षार्थी पैटि्रक चैटटन र रोशनी गुरुङ उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भए । कार्यक्रममा सुरेश पुनले शास्त्रीय संगीत राग मुल्तानीमा विलम्बित र छोटा ख्याल प्रस्तुत गरेका थिए । गायक अनिल विश्वकर्माले सरस्वती वंदना रेणुका गुरुङले गुरुवंदना प्रस्तुत गरेका थिए । कार्यक्रममा क्रिएटिभ ब्रोडकास्टिङ मिडियाका प्रोपाइटर मिलन प्रतीकले शुभकामना मन्तब्य राखे ।कार्यक्रममा गायक पशुपति गुप्ता र गणेश शर्माले भजन गाए । समुद्र अधिकारीले स्वदेशगान साथै सनिल बिक, सुजन रानाभाट, रेखा भट्टराई, श्वेता भुजेल, ममता गुरुङ, स्मृति अधिकारी, मनिषा राना, सुभाष मीन, रोशनी गुरुङ, प्रकृति श्रेष्ठ, अनिष श्रेष्ठ, विष्णु गुरुङ, एकता कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नवराज बराल, श्यामलाल श्रेष्ठ, कृष्ण मर्सारी, वीनित जोजिजु, जसु गुरुङ, डा हरि शर्मा, दिलु गुरुङ, सुवास भूतेल, अर्जुन भण्डारी, अञ्जु केसी, सविना क्षत्रीलगायत उपस्थित थिए।

संस्थाका संस्थापक एवं गुरु तीर्थराज पोखरेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नारायण न्यौपाने र मदन रानाभाटले गरेका थिए । कार्यक्रम संयोजन र व्यवस्थापन क्रमशः बिमलकुमार लामा र नवराज न्यौपानेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width