Worldlink ads

फोटोग्राफी तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४

पोखरा, ८ माघ । पोखरा फोटोग्राफर संघको संयोजन तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको आयोजनामा एक सातासम्म सञ्चालित  विशेष फोटोग्राफी तालिम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले फोटोग्राफी तालिम आफैमा महत्वपूर्ण रहेको बताए। उनले तालिम अलावा पर्यटन प्रवद्धमा टेवा पुग्ने खालका क्रियाकलाप गर्न सके थप सहयोग गर्ने बताए।

‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका आयोजित तालिममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीले प्रमुख भूमिका निर्वाह गरेको थियो।

पोखरामा फोटोग्राफी व्यवसाय सञ्चालन गर्दै आएका ३५ फोटोग्राफरले बिशेष र २० जनाले आधारभूत गरी कुल ५५ जना फोटोग्राफर तथा पत्रकारले तालिम लिएका हुन्।

घरेलु तथा साना उद्योग कार्यालयका नि प्रमुख मोहराज ढकालले सिक्ने भन्ने कुरा कहिल्यै पनि नसकिने भएको हँंुदा  तालिमले फोटोग्राफरको व्यावसायिकतामा अभिवृद्धि भएको बताए।

कार्यक्रममा प्रमुख प्रशिक्षक मधुसुदन थापा, पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल अथक, कैलास सहकारी संस्थाका अध्यक्ष तथा पोखरा फोटोग्रफर संघका सल्लाहकार दुर्गाप्रसाद पौडेल, संस्थाका संरक्षक गणेश छवी, प्रशिक्षक तथा सल्लाहकार नवीनराज पौडेल, सल्लाहकार रशेस सापकोटा, प्रशिक्षाथीमध्ये सुशील पौडेल र विधा रेग्मी लगायत बोलेका थिए।

स्वागत मन्तव्य कार्यक्रम संयोजक जनकराज तिवारीले राखेका थिए भने  तालिमको उद्देश्यबारे पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले प्रष्ट्याएका थिए। उनले तालिमले पोखराका नयाँ तथा पुराना फोटोग्राफरलाई उर्जा दिएको बताए। घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहराज ढकालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा संघ सचिव परशुराम शर्माले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगाना उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…
    • लेउवा संघको निर्वाचित समितिलाई सम्मान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई परोपकार समन्वय संस्थाले बुधबार बधाई तथा सम्मान गरेको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads