लायन्स विन्दवासिनीको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४
lions bindabasini (1)

पोखरा, २ माघ। लायन्स क्लब अफ पोखरा चौतारी विन्दवासिनीले तराईमा शीतलहरबाट प्रभावित व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ।

रौतहटको माधव नारायण नगरपालिका मिठहवा ५ का झण्डै १ सय ५० जनालाई १ लाख ५ हजार रुपैयाँ बराबरको कम्बल वितरण गरिएको क्लब अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए।

क्लबका सदस्यबाट संकलित रकम पूर्व कोषाध्यक्ष सनिफ मन्सुरीको नेतृत्वमा रौतहट पुगेर कपडा वडा अध्यक्ष र नेपाल मुस्लिम समाज मिठहवाको उपस्थितिमा वितरण गरिएको हो।

कोही पनि नागरिकले चिसोको कारणबाट अकालमा ज्यान गुमाउन नपरोस् भनी उक्त सहयोग गरिएको क्लबले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width