विशेष फोटोग्राफी तालिम शुरु

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

पोखरा, २ माघ । घरेलु तथा साना उद्योग कार्यालय पोखराको आयोजना तथा पोखरा फोटोग्राफर संघको संयोजनमा पोखराका फोटोग्राफरलाई मंगलबारदेखि विशेष फोटोग्राफी तालिम शुरु गरिएको छ ।

तालिम उद्घाटन गदै प्रमुख अतिथि पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले फोटोग्राफी पेसामा संलग्न रहनु र तालिम लिनु फरक फरक कुरा भएको बताए। तालिमको उद्घाटन अधिकारीले फोटो खिचेर गरेका थिए।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका निमित्त प्रमुख मोहराज ढकालले सीप सिकेर रोजगार बनौ भन्ने मूलमन्त्राका साथ यस्तो तालिमको आयोजना गरिएको बताए।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फोटोग्राफी तालिम निकै फलदायी हुने र यो तालिमले गुणस्तरीय फोटोग्राफर उत्पादन हुने कुरामा विश्वस्त रहेको बताए।

पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले स्वागत मन्तव्य राख्दै तालिमबारे जानकारी दिए ।

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहराज ढकालको अध्यक्षतामा सञ्चालन भएको तालिममा फोटो ग्राफर मधुसुधन थापाले सहजीकरण गर्ने छन् ।

कार्यक्रम सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय कास्कीका लेखा अधिकृत विष्णुप्रसाद आचार्य गरेका थिए। तालिम एक सातासम्म चल्नेछ । तालिममा पोखराका ३५ जना फोटोग्राफर संलग्न छन्।

Related News

सम्बन्धित समाचार

hero news full width