Worldlink ads

पुस्तकालयप्रति बढ्दो आकर्षण

आदर्श समाज सम्वाददाता
पौष २७, २०७४
nabin

पोखरा, २६ पुस। सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ। पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी, शिक्षक र समुदायको आकर्षण बढ्दै गएको हो।

पाहार ट्रष्ट नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेका पुस्तकालयबाट विद्यार्थी, शिक्षक र समुदायले लाभ लिइरहेका छन्।

शुरुशुरुमा पुस्तकालय सञ्चालन गर्दा विद्यार्थी नै जादैनन् कि भन्ने चिन्ता नभएको भने होइन। तर विद्यालयमा पुस्तकालय सञ्चालन गरेपछि सबैभन्दा बढी विद्यार्थी नै आकषिर्त बने।

‘पहिला विद्यार्थी आकषिर्त हुँदैन कि भने लागे पनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ’-नरोदय मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति हिमलाल न्यौपानेले भने-‘अब त पुस्तकालयबिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’

स्याङ्जाको अमरज्योति माविका निमित्त प्रधानाध्यापक सुदर्शन पौडेलले विद्यालयमा रहेको पुस्तकालयले विद्यार्थी र शिक्षकको पढ्ने बानीको विकास भएको बताए। ‘शिक्षकका लागि अतिरिक्त सामग्री पनि उपलब्ध भएको छ, समुदायपनि आकषिर्त छ’-उनले भने-‘पुस्तकालयमा स-साना बालबालिकाका लागि चित्रसहितका पुस्तक, खेलकुद सामाग्री हुँदा उनीहरु पनि आकषिर्त छन्।’

ट्रष्टले हालसम्म लमजुङमा सात, कास्कीमा १०, स्याङ्जामा १७, बाग्लुङ र तनहुँका १/१ विद्यालयमा पुस्तकालय सञ्चालन गरिएकोमा कास्कीका ६, लमजुङको ७, तनहुँ र बाग्लुङको १/१ विद्यालयको पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ। प्रत्यक पुस्तकालयका ५ देखि २० लाख रुपैयाँसम्म लगानी परेको छ।

पुस्तकालय मात्र सञ्चालन गर्दा थोरै र भवन सहित पुस्तकालय सञ्चालन गर्दा बढी लगानी हुने गरेको छ। हालसम्म पाहार ट्रष्टले पुस्तकालयका लागि मात्रै ३ करोडभन्दा बढी लगानी गरिसकेको छ।  पाहार ट्रष्ट नेपालकी पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङका अनुसार सन् २०१६ मा विद्यालयमा सञ्चालन गरिएका पुस्तकालय १ लाख ३० हजार १ सय १० जनाले उपयोग गरे।

४३ हजार ७ सय ३३ वटा पुस्तक पढ्नका लागि घर लगियो। पुस्तकालय उपयोग गर्नेमा ८९ प्रतिशत विद्यार्थी, ८ प्रतिशत शिक्षक/शिक्षिका र ३ प्रतिशत समुदायका व्यक्ति छन्। जसमध्ये ९४ प्रतिशत विद्यार्थी, ४ प्रतिशत शिक्षक/शिक्षिका र २ प्रतिशत समुदायले पुस्तक घरमा लगेर अध्ययन गरेको तथ्यांक छ। पाहार ट्रष्ट नेपालले केन ट्रष्ट युकेको आर्थिक सहयोगमा सन् २००९ अक्टोवरदेखि लमजुङको पसगाउँ ठाँटी माविबाट पुस्तकालय परियोजना शुरु गरेको थियो। हालसम्म ९९ जना शिक्षक/शिक्षिकालाई पुस्तकालय व्यवस्थापन तालिम दिएको छ भने ७५ हजार २ सय ४८ पुस्तक उपलब्ध गराएको छ। त्यस्तै, पुस्तकालयका लागि आवश्यक फर्निचर, कार्पेट लगायत सामाग्री उपलब्ध गराएको छ।पुस्तकालयप्रतिको आकर्षण बढेपछि पाहार ट्रष्टले सन् २०१८ मा १० वटा विद्यालयमा पुस्तकालय थप गर्न हौसिएको छ।    उसले कास्की, स्याङ्जा, म्याग्दीमा पुस्तकालय थप गर्ने योजना तय गरेको हो। ५ विद्यालयमा पुस्तकालय स्थापना गर्न र ५ विद्यालयमा भवनसहित पुस्तकालय बनाउने जनाएको छ। त्यसका लागि झण्डै डेढ करोड लगानी गरिँदैछ।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width