पोखरा, २४ पुस। सेती तर्ने दुर्इवटा मात्रै पुल थियो-एउटा महेन्द्रपुल र अको चोरसाँघु। रामबजार, छिनेडाँडादेखि विजयपुर निस्किन मानिसले चोरसाँघु तर्थे। काठको साँघु थियो। काठकै पुल तरेर ठूला गाडी पनि आवातजावत गर्थे। पोखरेलीको मुलबाटो पनि यही थियो। २०१८ सालमा भारतीय पेन्सन क्याम्प बनेपछि बाहिरी जिल्लाका मान्छे पनि यही साँघु तरेर पेन्सन थाप्न पुग्थे।
‘पेन्सन क्याम्प बनेपछि रातसाँझ यो पुल तर्न निकै कठिन थियो। पेन्सन बुझेको मान्छेसँग पैसा चोर्न यही साँघु ढुकेर लुटेरा बस्थे’-स्थानीय सुदर्शन रञ्जित भन्छन्- ‘पैसा बोकेका मान्छे डराईडराई यो बाटो हिँड्थे। चोरको बिगबिगी बढेपछि पुलको नाम नै चोरसाँघु भयो।’
उनको अनुभवमा २०३० सालमा चाईना पुल बनेपछि मात्रै यस ठाउँमा चहलपहल घटेको हो। चाईना पुल बनेपछि चोरसाँघु ओझेलमा पर्यो। चहलपहल नभएपछि धेरैलाई चोरसाँघु थाहा छैन।
पोखराको बढ्दो ट्राफिक जामले सरकारलाई अको बाध्यता थपिएको छ, यसको व्यवस्थापन गर्ने। त्यसैले लामो समयपछि चोर साँघुमा पक्की पुल निर्माण भयो। पुल निर्माण भएपछि पोखरा छिर्ने वैकल्पिक बाटो पनि थपिएको छ। पोखरा वडा ७ र १५ जोड्ने गरी निर्माण भएको चोरसाँघु पक्की पुल सोमबार सांसद रवीन्द्र अधिकारीले उद्घाटन गरे।
साविक जिल्ला विकास समितिको समन्वयमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले १ करोड ६० लाख रूपैयाँ लागतमा पुल निर्माण गरेको हो। ३० मिटर लामो पुलमा सडक विभागको ७० र तत्कालीन जिविसको ३० प्रतिशत लागत परेको छ। पुल निर्माण भएसँगै पोखराका वडा ७, ९, १४, १५ र १७ का नागरिकलाई आवतजावत गर्न सहज भएको छ।
पुल उद्घाटनपछि बोल्दै सांसद रवीन्द्र अधिकारीले ५ वर्षका लागि देशको जिम्मा वाम गठबन्धनको काँधमा गएको बताए। जनताको माग स्थिर सरकार भएको भन्दै अबको ५ वर्ष गठबन्धनले देश हाँक्ने उनको भनाइ छ। ‘जनताले देशको जिम्मा गठबन्धनलाई दिएका छन्। अब त्यसको दायित्व हामी लिन्छौं’-उनले भने।
प्रदेशसभा सांसद कृष्ण थापाले राजनीतिक गतिरोध अन्त्य भएको भन्दै अब देश आर्थिक समृद्धि र विकासको मोडलमा अगाडि बढ्ने बताए।
पूर्व सांसद शारदा पौडेलले यसपालिको निर्वाचनमा पराजित भए पनि जनताको हक अधिकार र विकासको पक्षमा सधैँ लागिरहने प्रतिबद्धता जनाइन्।
जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ, वडाध्यक्ष प्रकाश पौडेल, रामचन्द्र बराल, जिल्ला इञ्जिनियर नारायण बराल लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१