पोखरा, २४ पुस । पोखराको रामेश्वरमार्ग समूहको आयोजना महिला अधिकार तथा कानुनसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले सचेतनामूलक तालिम टोलटोलमा राख्नुपर्नेमा जोड दिए । उनले महिला सशक्तिकरणका लागि यसप्रकारका सीपमूलक तालिम सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा टोल सुधार समिति अध्यक्ष लिला पंगेनी, रामेश्वर कृषि सहकारीका अध्यक्ष लक्ष्मण पोख्रेल, कार्यक्रम संयोजक विजया अर्याल लगायत बोलेका थिए।
तालिममा महिला अधिकार, महिला हिंसा र कानुनी व्यवस्था लगायतका विषयमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेकी अधिवक्ता सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् ।
समूहका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पोख्रेल र सञ्चालन सचिव विजया अर्यालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१