पोखरा, १९ पुस।समाजसेवी कृष्णप्रसाद बरालले आफ्नी धर्मपत्नी चन्द्रलक्ष्मीको स्मृतिमा सामाजिक कार्यका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्।
स्व. चन्द्रलक्ष्मी बरालको १३ औं दिनको पुण्यतिथिमा पोखरा लेखनाथ-५ शान्तिमार्ग, मालेपाटनस्थित निवासमा बुधवार आयोजित श्रद्धाञ्जली सभामा उक्त घोषणा गरिएको हो।
सोही सभामा समाजसेवी बरालले सूर्यचन्द्र विकास समाजलाई २५ हजार तथा चिन्तनशील आमा समूह र पोखरा वृद्धाश्रमलाई प्रति संस्था पाँच हजार पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।
सभामा प्रमुख अतिथि पूर्व न्यायाशीध करुणानिधि शर्मा, महिला सीप विकास संस्थाकी निर्देशक रामकली खड्का, सूर्यचन्द्र विकास समाजका अध्यक्ष कृष्ण बराल, शान्ति टोल विकास संस्थाका अध्यक्ष मोहनप्रसाद कोइराला, चिन्तनशील आमा समूहकी उपाध्यक्ष सावित्री कोइराला, हिरामणि पौडेल, पदमराज पहारी, विश्वबन्धु पौडेल, नरबहादुर केसीले स्व. बरालको पारिवारिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए।
समाजसेवी कृष्णप्रसाद बरालले चन्द्रलक्ष्मीले धर्मपत्नीको मात्र होइन सामाजिक उत्प्रेरकको रुपमा पनि महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। कार्यक्रमको सञ्चालन देवर विष्णुप्रसाद बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९