हिलसाइडमा विद्यार्थीलाई बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
hillside

पोखरा । पोखरा ५ स्थित हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा एसइई दिएका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यार्थीहरूको समुज्ज्वल भविष्यको कामना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई अबिर र खादाले सम्मान गर्दै मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले अबको १० वर्षपछि आफूलाई देख्न चाहेको गन्तव्य छनोट गरेर अघि बढ्नुपर्ने कुरा बताउँदै परीक्षापछिको लामो बिदालाई रचनात्मक कार्यमा लगाउन सल्लाह दिए ।

उनले शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्न लागेको जानकारी दिए ।

विद्यालयका संरक्षक बाबुराम बराल, विद्यार्थी एन्जल लामिछाने मन्तव्य राखेको कार्यक्रम सञ्चालन अंग्रेजी विभाग प्रमुख सन्तोष लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width