पाेखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञको तयारी

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०८०
oplus_2

oplus_2

पोखरा । नयाँ वर्ष २०८१ अवसरमा वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँबजारमा हुने श्रीमद्भागवत् ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । आगामी वैशाख १ देखि १० गतेसम्म महायज्ञ हुँदैछ ।

शनिबार महायज्ञ सम्पादन मूल समितिसहितको भेला सम्पन्न भएको छ । भेलामा महामण्डलेश्वर अनन्तश्री विभूषित स्वामी आत्मानन्द गिरीजी महाराजले राज्यले विभिन्न शीर्षकमा अभिमुखीकरण र सशक्तीकरण नाममा बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दै आए पनि धर्म संस्कार, संस्कृति र मौलिक परम्पराको विषयमा राज्यले चासो नदिएका कारण सन्त, महात्मा, सन्यासीहरु यसतर्फ लाग्नुपरेको बताए ।

मनुष्य जन्म दुर्लभ भए पनि मानिसले ज्ञानपान गर्न नसकेका कारण समाज सही दिशातर्फ उन्मुख नभएको उनले बताए ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. चिद्धन चैतन्य महाराजले महायज्ञ आर्थिक दृष्टिले भन्दा पनि भागवत्को मूल मर्म आमनागरिकलाई बुझाउने उद्देश्यले आयोजना गरिएको बताए । महायज्ञका आ–आफ्नै नीति नियम हुने भएको हुँदा यो ज्ञान महायज्ञ साँच्चिकै ज्ञानमय, ध्यानमय हुनेमा उनले जोड दिए ।

गोरक्ष पीठ वेगनासका पीठाधीश तथा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय धर्म सभाका अध्यक्ष योगी बलभद्रनाथ गुरुले धर्म जागरण जरुरी रहेको बताउँदै ॐकार परिवार एकजुट हुन आवश्यकता रहेको बताए ।

महायज्ञ मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको
महायज्ञ मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको भेलामा महायज्ञ सम्पादन समिति उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सञ्चालन र उपाध्यक्ष सूर्यप्रसाद भण्डारीले स्वागत गरे ।

१० दिनसम्म चल्ने यज्ञका प्रमुख वाचक हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज हुन् ।

जसमा श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशती पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपरायण तथा पञ्चदेवोपासना र अन्य अनुष्ठानहरू हुनेछन् ।

यज्ञमा कर्ता बस्न इच्छुक व्यक्ति, परिवार वा वंशले ११ हजार १ सय ११ का साथमा सम्पादन समिति समक्ष आवेदन दिनुपर्ने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width