श्रीकृष्ण मन्दिरमा विश्व तण्डुकार, आमा समूहमा कमला गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
shreekrishna mandir (1)

पोखरा । रामबजारस्थित् श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहको १४औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन बिहीबार भएको छ । अधिवेशनले श्रीकृष्ण मन्दिर सञ्चालक समितिमा विश्व तण्डुकारलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा प्रितम गुरुङ, सचिवमा उत्तम गुरुङ, कोषाध्यक्षमा जयन्द्रकुमार राजभण्डारी, सहसचिवमा क्या. दानबहादुर गुरुङ निर्वाचित भए । यसैगरी सदस्यमा कमला गुरुङ, विकास गुरुङ, सोना गुरुङ, अर्जुन तण्डुकार, सु. भिमबहादुर गुरुङ र इन्द्र गिरी चयन भए ।

यसैगरी श्रीकृष्ण मन्दिर आमा समूह अध्यक्षमा कमला गुरुङ चयन भएकी छन् । उपाध्यक्षमा गंगा हिताङ, सचिवमा माया गुरुङ, कोषाध्यक्षमा देवु थापा, सह–सचिवमा सुशीला थापा चयन भए । सदस्यमा लक्ष्मी हिताङ, तारा कार्की, डिलमाया गुरुङ, सरीता राना, विष्णु बस्नेत चयन भए । मन्दिर सञ्चालक समितिका निवर्तमान् अध्यक्ष ज्ञानबहादुर थापालाई प्रमुख अतिथि मनवीर गुरुङ ढासा र संरक्षक गणेशकुमार प्रधानले सम्मानपत्र र खादा प्रदान गरी धन्यवाद ज्ञापन गरे । नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई मन्दिरका मानार्थ सदस्य, महेश गुरुङ, सल्लाहकार श्रीपति शर्मा, रुपक गुरुङ, हेमबहादुर गुरुङ, डिलमाया गुरुङ, शकुन्तला प्रधान र मनसुवा गुरुङ लगायतले बधाई ज्ञापन गरे ।

अधिवेशनको उद्घाटन कार्यक्रम मनवीर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

पोखरा महानगर वडा नम्बर १० र १५ का वडा अध्यक्षहरु क्रमशः राजेश गुरुङ र तोरणबहादुर बानियाँ, धार्मिक व्यक्तित्व रवीन्द्र माकाजु, समितिका मानार्थ सदस्य महेश गुरुङ र रामबजार सोसाइटी युकेका सल्लाहकार डा. चन्द्रबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा र आमा समूहकी अध्यक्ष कमला गुरुङको संयुक्त अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा आमा समूहका सदस्यहरु र स्थानीय कलाकारहरुद्वारा प्रस्तुत आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा तीन जनालाई समितिको आजीवन सदस्यको प्रमाणपत्र पनि प्रदान गरियो । उक्त समारोहमा समितिका प्रथम उपाध्यक्ष विश्व तण्डुकारले स्वागत मन्तव्य र द्वितीय उपाध्यक्ष प्रितम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width