लायन्स लेखनाथमा कृष्णप्रसाद

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
lions club of lekhnath

लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको छ ।

प्रथम उपाध्यक्ष डा.गृष्ममोहन भट्टराई, द्वितीय उपाध्यक्षमा बोधराज लामिछाने, तृतीय उपाध्यक्ष डम्बरूबल्लब चापागार्इं चयन भए । सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा भुवन श्रेष्ठ, सह–सचिवमा केदार लामिछाने, सह–कोषाध्यक्ष सुन्दर प्रसाद ढकाल, मेम्बरसिप चियरपर्सनमा डा.प्रकाश भट्टराई, सर्भिस चियरपर्सनमा चिरञ्जीवी तिवारी, मार्केटिङ चियरपर्सनमा विष्णुबहादुर सुनार र एलसिआइएफ चियरपर्सनमा ओमप्रकाश पौडेल रहेको पूर्वअध्यक्ष शैलेन्द्रमोहन भट्टराईले जानकारी दिए ।

वर्ष २०२३/२४ का अध्यक्ष रमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले आफना भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width