सिर्जनशील क्लबलाई वडाध्यक्ष कप

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०८०
srijansil cup

पोखरा । बासकोटमा भएको दोस्रो सेभेन एसाइड वडा अध्यक्ष–२०८० को उपाधि सिर्जनशील क्लब ग्रिनले जितेको छ । फाइनलमा साविक विजेता लामागाउँ एफसी ‘ए’ लाई पेनाल्टी सुटआटमा हराउँदै नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । लामागाउँले ३० हजार, ट्रफी र प्रमाणपत्र पायो ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरिरहेको बताए । उनले बास्कोट खेलमैदानको भौतिक निर्माणमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

चैत्र ९ देखि सञ्चालन भएको वडाध्यक्ष कपमा पोखरा २३, २४ र १८ वडामा २० टिमले भाग लिएका थिए ।

रङहरुको पर्व फागु पूर्णिमा (होली) अवसर पारेर सिर्जनशील क्लब पोखरा २४ बासकोटले उक्त प्रतियोगिता आयोजना गरेको क्लब अध्यक्ष शिव जिसिले बताए ।

सर्वोकृष्ट खेलाडी लामागाउँका सरोज तामाङ घोषित भए । उत्कृष्ट गोलकिपर सिर्जनशीलका आशीष दवाडी र सर्वाधिक गोलकर्ताको उपाधि भीम गौतम भए । उनीहरुले जनही २ हजार ५ सय पाए । अनुशासित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width