गण्डकी प्रदेश बास्केटबल संघमा धोजकुमार

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०८०
viber_image_2024-03-20_18-51-03-141

पोखरा । गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोजकुमार गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबारको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कास्की जिल्ला बास्केटबल संघको अध्यक्ष भइसकेका धोजकुमार प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष समेत हुन् ।

उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलीप गुरुङ सर्वसम्मत चयन भए । सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले बताए ।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिंदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई सुशासनतर्फ अघि बढाउन परिषद्ले ६ महिनायता भरमग्दुर प्रयास जारी राखेको बताए । उनले खेल संघहरुमा सुशासन नभएसम्म खेलकुदको विकासमा बाधा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायणप्रसाद शर्माले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width