जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
jasu gurung

पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् ।

महिलालाई सामाजिक सेवामा प्रोत्साहित गर्न, क्लब र समाजमा उनको योगदानको कदर गरेकोमा उनी नेपालभरिका महिला रोटरियनमध्ये उत्कृष्ट हुँदै उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको बुटवलमा आयोजित १६ औं रोटरी डिष्ट्रिक्ट सम्मेलनमा कलाकारसमेत रहेकी जसुलाई रोटरी इन्टरनेसनल प्रतिनिधि अध्यक्ष डेनिस सोयर, रोटरी डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजु, जया राज्यलक्ष्मी शाह, विधायक संयोजक शारदा आचार्य पोखरेल लगायतले उक्त रकम बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लब अफ पोखरा प्याराडाइजकी सहसचिव उनी पब्लिक इमेज चेयर पनि हुन् । उनले चलचित्र निर्देशक, कोरियोग्राफर, समाजसेवीको पहिचान बनाएकी छन् । सम्मानितपछि आफ्नो सफलता पछाडिका तीतामिठा अनुभवसहित

रोटरीको यात्रा तय गरेको पहिलो वषमै पुरस्कार पाउँदा गर्व महसुस भएको बताइन् ।

डा.सुनीति र गोपाल आचार्य ट्रस्ट फन्डबाट अवार्ड वितरण गत वर्षबाट सुरु गरिएको हो । उक्त अवार्ड २ जनालाई दिइने गरेकोमा अर्को नन्रोटरियनलाई दिइन्छ । नन्‌रोटरियनतर्फ लक्ष्मी नेपाल सम्मानित भइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width