मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
431904326_1077754863458361_4587675027129752790_n

पोखरा। गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्री मनाङेलाई सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, सांसदहरु र विशिष्ट श्रेणीका कर्मचारी लगायतको सहभागिता थियो ।

केन्द्रमा सत्ता समीकरण फेरबदलले गण्डकीमा समेत सरकार गिराउने र टिकाउने खेल चलिरहँदा मुख्यमन्त्री पाण्डेले सत्ता टिकाइराख्न मनाङेलाई महत्वपूर्ण मन्त्रालयका सुम्पिएका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले अबको यही २१ चैतभित्र संसदमा विश्वासको मत लिनुपर्ने छ ।

विगतमा गुण्डागर्दीको छविका मनाङे गण्डकी प्रदेशको दोस्रो कार्यकालसम्म उनी योसहित चौथो पल्ट मन्त्री बनिसकेका छन् । पदभार ग्रहण गर्दै उनले मुलुकको ७० प्रतिशत बजेट भौतिक पूर्वाधारमा हुने र ठूलो भ्रष्टाचार त्यही हुने हुँदा विकास र सुशासनका लागि उक्त मन्त्रालय रोजेको प्रतिक्रिया दिए । तर उनले गण्डकीमा मध्यावधिको सम्भावना भएकोले आफू त्यसको विपक्षीमा रहेको बताए ।

प्रदेश सभाको दोस्रो कार्यकालका लागि मनाङबाट स्वतन्त्र चुनाव जितेर २ साता नबित्दै एकीकृत समाजवादीमा आबद्ध दीपक मनाङले आइतबार अबदेखि स्वतन्त्र नै रहने भन्दै प्रदेशसभा सचिवालयमा पत्र बुझाएका थिए ।
सत्ता समीकरण फेरिँदा मुख्यमन्त्री पाण्डेले गत २२ फागुनमा माओवादीका २ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । उनले भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिंम्खडालाई बर्खास्त गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नयाँ गठबन्धनमा रहेका दलहरु एमाले, माओवादीले बहुमत पु¥याउन सक्दैनन् । सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट मात्र छ । एमालेको २२, माओवादीको ८, राप्रपाको २ सिट छ । एमाले र माओवादीले पनि सरकार गठनको गृहकार्य गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width