जनजागृतिमा शिक्षक बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
janajrati

पोखरा । पोखरा–१८, सराङकोटस्थित जनजागृति माविमा शिक्षक बिदाइ गरिएको छ । स्वेच्छिक अवकाश लिएका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिना तथा अनिवार्य अवकाश प्राप्त बालकृष्ण थापालाई एक कार्यक्रमका बीच विद्यालयले सम्मानपत्र, दोसल्ला सहित बिदाइ गरेको हो ।
कार्यक्रममा धारणा राख्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले मानव जीवनमा शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले जीवनलाई अनुशासित बनाउनुपर्ने बताए । उनले बिदाइ भएका शिक्षकहरुको सुस्वास्थ्य, दीर्घ जीवनको कामना पनि गरे ।
त्यस अवसरमा पूर्व वडाध्यक्ष रणबहादुर थापा, विद्यालयका पूर्व अध्यक्षद्वय प्रेमबहादुर जिसी र डिलबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री, विद्यार्थी अञ्जली शर्मा लगायतले पनि धारणा राखे ।
प्रधानाध्यापक यमबहादुर थापाले सराङकोटको शिक्षामा अवकाश प्राप्त शिक्षकद्वयको भूमिका अतुलनीय रहेको स्मरण गर्दै उनीहरुका क्रियाकलापको अनुसरण गर्नुुपर्ने औल्याए ।
पूर्व प्रधानाध्यापक तिमिल्सिनाले त्यहाँ २४ वर्ष तथा शिक्षक जिसीले ३३ वर्ष सेवा गरे । विद्यालयका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक ढाकामोहन बास्तोलाले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width