प्रधानमन्त्रीले गरे पोखरालाई पर्यटकीय राजधानी घोषणा   

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
tourism capital

तस्बिर : रासस

पोखरा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।

फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् ।  त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका हुन् ।

पोखराका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा भएसँगै अब महानगरले पर्यटन पूर्वाधारमा लगानी बढाएर लैजाने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा साहित्यकार मुकुन्दशरण उपाध्याय, डा. हर्क गुरुङ र गीतकार प्रेमप्रकाश मल्ललाई मरणाेपरान्त सम्मान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width