पोखरा लर्नर्समा साहित्यिक फेस्टिभल

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
Pokhara learns news

पोखरा । पोखरा लर्नर्स एकेडेमी, माछापुच्छ«ेटोलले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै साहित्यिक फेस्टिभल सुरु गरेको छ । विगतमा काठमाडौं विश्वविद्यलयसँग सहकार्य सम्झौता गरेको विद्यालयले नयाँ शैक्षिक सत्रलाई केन्द्रमा राखेर पठन संस्कृतिसमेत चलाउने सम्झौता गरको छ ।

सम्झौता गरेसँगै एकेडेमीका प्रिन्सिपल विधान गौतमले पोखराको शैक्षिक यात्रालाई थप सहज, सरल र आधुनिक अनुसन्धानको पद्दतिलाई पछ्याउँदै विद्यालय, विद्यार्थी र अभिभावकको भविष्यलाई ध्यान दिएको बताए ।

पोखरा लर्नर्सले हेटौडाको नवोदय शिशु सदन इङ्लिस सेकेन्डरी स्कुलसँग बुक रिडिङ कल्चर सुरु गर्ने जनाएको हो ।

शिक्षण शैलीलाई परिवर्तन गर्ने मुख्य उद्देश्य रहेको सम्झौताले शिक्षकको सिकाइ सहयोग कार्यक्रम बृद्धि गर्न पहल गर्ने, विद्यालय र अभिभावकको आवश्यकतालाई विश्लेषण गर्ने, पाठ्यक्रमको ढाँचा तय गर्ने, पाठ्यक्रमको मूल्यांकन गर्ने, नेतृत्व क्षमता बृद्धि गर्ने, अधुरा कार्य योजना सम्पन्न गर्ने, विद्यार्थीको सिर्जनात्मकतामा ध्यान दिने प्रिन्सिपल गौतमको भनाइ छ ।

विद्यालयका संस्थापक अभिभावक ईश्वरबन्धु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अर्ली चाइल्डहुड एजुकेसन मन्टेश्वरी स्कुलका संस्थापक साल्भी बास्तोलाले विद्यालयको प्रगतिभन्दा पनि विद्यार्थीको सिकाइ प्रविधि आधुनिक हुनुपर्नेमा जोड दिइन् । मन्टेश्वरी एसोसिएसन कास्कीका प्रमुख सल्लाहकार रहेकी बास्तोलाले स्कुल तहमा यस्तो सम्झौता पोखरामा पहिलो कदम चालेको भन्दै धन्यवाद दिइन् ।

शिक्षक अजिता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा नवोदय स्कुलका संस्थापक अभ्युक्त खनालले जुममार्फत अभिभावकलाई पठन संस्कृतिबारे जानकारी दिएका थिए । किताब पढ्ने कला सिकाउने, विद्यार्थीलाई स्पष्टसँग सिक्ने वातावरण दिलाउने, शिक्षकलाई समयानुकूल तालिम प्रदान गर्ने, अभिभावकलाई आधुनिक शिक्षा पद्दतिमा निखारता ल्याउने, बुक रिडिङ कल्चरलाई देशव्यापी अभियानमा लैजाने लगायत धारणा राखे ।

कार्यक्रममा अभिभावक रिगेन्द्र गिरीले महिनामा एकपल्ट फि तिर्नमात्र नआई हरेक विषयमा चासो राख्न अनुरोध गरे । कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै