अन्नपूर्णमा महिलाका लागि कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
annapurna mahila sanjal progrem photo

पोखरा ।  अन्नपूर्ण महिला सञ्जाल ढिकुरपोखरीको आयोजना तथा गाउँपालिकाको सहयोगमा बिहीबारदेखि नेतृत्व विकास तथा कानुनी सचेतना तालिम सुरु भएको छ ।

तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पार्दै महिला सशक्तीकरणसँगै अन्नपूर्णको विकासमा पालिका चनाखो रहेको बताए ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले संविधानमा महिलाका हक तथा अधिकारहरू व्यवस्था गरिए र त्यसमा महिलाहरू स्वयं जानकार हुनुपर्ने बताइन् । उनले नेतृत्व लिएर महिलाहरू नेता हुनुपर्नेमा जोडसमेत दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कानुन जान्दिनँ तथा मान्दिनँ भनेर सुख नपाइने स्पष्ट पार्दै कानुनका सर्वमान्य सिद्धान्तहरू दैनिक जीवनयापनमा अवलम्बन गर्नुपर्ने दायित्व आम नागरिकको पनि हुने औंल्याए ।

गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं.७ अध्यक्ष भरतमान गुरुङ, वडा नं. २ का कार्यवाहक वडाध्यक्ष माया अधिकारी, वडा सदस्य नौली सुनार, गाउँपालिका स्तरीय महिला सञ्जालका अध्यक्ष कमला केसी, पूर्व कार्यपालिका सदस्य भगवती भण्डारीलगायतले महिला सशक्तीकरणको लागि कानुन जानी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
तालिममा बिहीबार एकल महिला समूह कास्की अध्यक्ष जुना केसीले नेतृत्व विकास विषयमा सहजीकरण गरिन् ।

शुक्रबार पोखरा उच्च अदालत बार एसोसियसन महिला केन्द्रका सचिव अधिवक्ता माधवी पाण्डे तथा शनिबार पोखरा उच्च अदालत बार एसोसिएसन महिला केन्द्रका अध्यक्ष अधिवक्ता भुवन पराजुली तथा आइतबार अधिवक्ता विष्णुप्रसाद पोखरेल र गीता विष्टले सहजीकरण गर्नेछन् ।

वडा स्तरीय महिला सञ्जाल अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष तिर्सना भण्डारीले स्वागत, महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुँवरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा महिला सञ्जाल सचिव सरला त्रिपाठी भण्डारीले कार्यक्रम सञ्चालन गरिन् ।

चार दिनसम्म चल्ने तालिम उपाध्यक्षसंँग महिला कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width