शारदा बोर्डिङको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
sarada boarding

पोखरा । पोखरा ३ नदीपुरमा रहेको शारदा बोर्डिङ स्कुलले २८ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । पोखरा ३ का अध्यक्ष प्रकाश उदासले कार्यक्रम उद्घाटन गर्दै शिक्षा विना जीवन अन्धकार हुने भएकाले पढ्ने अवसर पाउँदा सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए । न्यून शुल्कमा पढाइरहेको यस विद्यालयले आफ्नो क्षेत्रमा सेवा गरेको देख्दा आफूलाई खुसी लागेको भन्दै उनले आउने दिनमा नियमसंगत रुपमा गर्न सकिने सहयोग गर्न आफू तयार र तत्पर रहेको बताए ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिएको भन्दै अभिभावकले जहिले पनि आफ्नो सन्तानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने समता शिक्षा निकेतनका प्रधानाध्यापक झलकप्रसाद शर्माले बताए ।

विद्यालयका प्रधानाध्यपक उमेश रेग्मीले आगमी दिनमा विद्यालयले विद्यार्थीमैत्री कार्यक्रम सञ्चालन गर्ने बताउँदै शिक्षा पैसामा किन्न नसकिने बताए । असल र संस्कारसहितको शिक्षा दिन विद्यालय सधंै लागिरहेको उनको भनाइ थियो । उनले पहिलो प्राथमिकतामा अनुशासन र संस्कार अनि मात्र शिक्षा रहेको भन्दै सबैलाई ठूलो हैन असल हुन आग्रह गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक सन्दीप बरालको अध्यक्षतामा भएको कार्यक्रममा विविध संस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो । विद्यालयमा सञ्चालित विभिन्न कार्यक्रमका विजेता विद्यार्थीहरूका लागि मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरणसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width