कान्तिपुर डेन्टल इन्स्टिच्युटको शिविर

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०८०
kantipur

पोखरा।  कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले मनोवैज्ञानिक आघातमा परेका बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बिएम फाउन्डेसनको सहयोगमा मंगलबार कोपिला नेपालको व्यवस्थापनमा भएको शिविरमा सय जनाको स्वास्थ्य जाँच गरिएको इन्स्टिच्युटकी पब्लिक हेल्थ कोअर्डिनेटर तथा शिविर संयोजक शर्मिला शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘शिविरमा ४० जनामा फ्लोराइड एप्लिकेसन र सहभागीलाई जनचेतना तथा मुख दन्त स्वास्थ्य सचेतना सञ्चालन गरियो ।’ शिविरमा डा. अनुजा काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टिमले सेवा दिएको थियो ।

‘शिविरमा बालबालिकाका लागि निशुल्क डेन्टल चेकप, फ्लाराइड एप्लिकेसन, दाँत उक्काउने, दाँत भर्ने र सफा गर्ने सेवा दिन्छौं । ठूला मानिसका लागि भने डेन्टलमा नै रिफर गर्छाैं,’ शर्माले भनिन् ।

यसअघि पोखराको जनप्रिय मावि, राम निमावि र पुष्प सदन एकेडेमीमा शिविर सञ्चालन गरिएको थियो । इन्स्टिच्युटबाट गत आव तथा चालु आवमा गरी ६७ शिविरबाट १ हजार ५ सय हाराहारीमा विद्यार्थी तथा अभिभावकले स्वास्थ्य लाभ लिएका थिए ।

संयोजक शर्माका अनुसार ५० हाराहारीमा शिविर सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । शिविरबाट रिफर भएका आएकाहरुलाई इन्स्टिच्युटले १० देखि १५ प्रतिशत छुट दिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width