सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला   

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
dhaka

ढोरपाटन ।  ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताउनुभयो । उद्योग सातजना महिलाले सञ्चालन गरेको उहाँको भनाइ छ ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न गाउँपालिकाले धेरै सहयोग गरेको छ, हामीले पनि मेहनत गरिरहेका छौँ, छोटो समयमा पनि निकै राम्रो भएको छ, हामीहरूले उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन, यहीँबाट खपत भइरहेको छ, सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ”, उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ, गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ ।”

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताउनुभयो । प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उहाँको भनाइ छ । एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताउनुभयो । गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

“यहाँका महिला दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ, उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ, सुरुमा तालिम लिने बेला त्यत्ति उत्साह देखिएन तर अहिले धेरैले चासो दिनुभएको छ”, सहजकर्ता घर्तीले भन्नुभयो, “उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ, बजारको कुनै समस्या नभएको हुँदा उत्पादन पनि निरन्तर गरिराख्नुभएको छ, गाउँपालिकाले गर्ने प्राविधिकदेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।”   रासस

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width