काइण्डनेस क्लब मदरल्याण्डमा सुवानी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
IMG_2043

पोखरा । काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल चयन भएकी छन् । उनी कक्षा ७ (ख) की विद्यार्थी हुन् ।

उपाध्यक्षमा युकी केसी (७ ‘ख’), सचिव आलोक बराल (७ ‘घ’), कार्य व्यवस्थापक दिव्या ढुंगाना (६ ‘ङ’), सहकार्य व्यवस्थापक सुविननिधि तिवारी (५ ‘क’) चयन भए । सदस्यमा कृतिका अधिकारी (५ ‘ख’), शुभेच्छा बराल (६ ‘ग’) र आहान्या बिजुच्छे (४ ‘ख’) छन् ।

विद्यालय उमेरदेखि नै दया, माया र करूणाको भाव जागृत गर्ने तथा सेवा, सद्भाव, हार्दिकता र संवेदनशीलताजस्ता मानवीय गुण अभिवृद्धि गर्ने अभिप्रायले आजभन्दा ४ वर्षअघि विद्यालयमा उक्त क्लब स्थापना भएको थियो । २०७६ फागुन २३ मा स्थापित क्लब ४ वर्ष पूरा भइसकेको छ ।

मदरल्याण्ड मावि परिसरमा आइतबार आयोजित समारोहमा विद्यालय निर्देशक डा. त्रिभुवन शर्मा तथा प्राचार्य नारायण बरालले अघिल्लो कार्यसमितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ कार्यसमितिको सफल कार्यकालको लागि शुभेच्छा प्रकट गरे ।

सो अवसरमा भूपू अध्यक्ष जानवी गौचन (हाल कक्षा १२) र मनोनीत अध्यक्ष सुवानीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन प्राइमरी इन्चार्ज केशु शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width