पोखरा इन्डूरो रेस लक्षित गरी मार्सल तालिम

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
1f6a1471-cb32-4d3b-b067-59146a60b207

पोखरा । पोखरामा आगामी चैत तेस्रो साता हुने पोखरा इन्डूरो रेस लक्षित गरी पोखरा राइडर्स क्लबले युवालाई प्राविधिक तथा मार्सल तालिम दिएको छ । ३५ पुरुष र १० महिलाले भाग लिएको एकदिने तालिममा नेपाल अटोमोबाइल एसोसिएसन (नासा) नेपालका मार्सल कमिसनका संयोजक आशीष लामिछाने (यदु), वरिष्ठ मार्सल आशीष रौनियार र सेक्रेटरी मार्सल क्षितिज श्रेष्ठले झण्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, आपत्कालीन रेस्पोन्स, इभेन्ट रिपोर्टिङ र मार्सलको भूमिकाबारे प्रशिक्षण दिएका हुन् । उनीहरुलाई सैद्धान्तिक र प्राविधिक ज्ञान दिइएको आयोजक पोखरा राइडर्स क्लब अध्यक्ष सोनिक क्षत्रीले बताए ।

नासा गण्डकी अध्यक्ष शिव श्रेष्ठको नेतृत्वमा भएको तालिममा उनले गण्डकी प्रदेशमै मार्सल उत्पादन हुँदा खुसी लागेको बताए । होटल सारामा भएको तालिममा कास्की साइकल संघका अध्यक्ष शंकर भण्डारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाई अल्टिच्युट रेस्क्यु विशेषज्ञ डा. सन्तोष बानियाँलगायत उपस्थित थिए ।

नेपालमै पहिलो पल्ट इन्डूरो रेस आगामी चैत २३ र २४ गते पोखराको वाम्दीमा हुँदैछ । रेसका लागि खोला, वनजंगल, बगर समेटिएको करिब ५ किमी ट्रेक तयार पारिएको प्राविधिक समिति संयोजक एवं संस्थाका सल्लाहकार जगत धौलीले बताए । उनले च्याम्पियनका लागि खेलाडीको सुरक्षा, पारदर्शीता र आवश्यक प्राविधिक जनशक्तिका लागि तालिम अत्यन्त फलदायी भएको बताए ।

नेपालमा मोटरसाइक्लिङ रेसको इतिहास लामो छैन । एक दशक अगाडिबाट मात्र नेपालमा संस्थागत रुपमा यो रेसका विधा सुरु भएका हुन् । यस अवधिमा रेसिङका हजारौं राइडर्स उत्पादन भइसकेका छन् । आज नेपाली खेलकुद, नेपाली एडभेचर्स र नेपाली अटोमोबाईलको एउटा मुख्य अंग बन्न पुगेका छन्–रेसिङ, र्‍याली र टुरिङका इभेन्टहरु ।

पोखरा इन्डूरो रेसमा महिला तथा पुरुष विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width