वड्स एकेडेमीमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
buds acdemy

पोखरा । पोखरा लेकसाइडस्थित वड्स एकेडेमीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शैक्षिक सत्र २०७९/०८० को अतिरिक्त क्रियाकलापमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

शिक्षासेवी नरेन्द्रमान लालचनले विद्यार्थीलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै गएको बताए । निजी विद्यालयले यसरी नै विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्दै जानुपर्नेमा जोड दिए ।

एनप्याप्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले वड्स एकेडेमी एनप्याप्सन अन्तर्गतका विद्यालयमध्ये खेलकुद, गायन लगायतका क्षेत्रमा अग्रणी रहेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेयरमान श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा एनप्याप्सन कास्की उपाध्यक्ष मानकाजी गुरुङ, प्राचार्य भगवती वाग्ले, सहप्राचार्य विष्णुहरि देवकोटा, मावि शिक्षक तीर्थराज बास्तोला, झलक सुवेदी, सुजन नहर्की, प्राइमरी संयोजक गौरी ढकाल लगायतले पुरस्कार वितरण गरे ।

शिक्षिका गीतादेवी डुम्रेले तथा विद्यार्थीद्वय पूजा वाग्ले र दीपलक्ष्या सुनारले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य प्रकाश वाग्लेले स्वागत गरे । वड्स एकेडेमी वर्ष २०७९ मा कक्षा ८ को नजितामा विश्लेषण आधारमा तृतीय, जनप्रिय क्लवष्टरमा प्रथम तथा एनप्याप्सनको गायनतर्फ प्रथम हुन सफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width