अपांगताका मुद्दालाई प्रदेश सभामा उठाउने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
netrahin

पोखरा । कास्की नेत्रहीन संघको आयोजनामा अपांगता भएका महिलाहरूलाई कानुनी सचेतना, लैंगिक समानता, प्रजनन स्वास्थ्य, प्रविधिमा पहुँच र उनीहरूको सशक्तीकरण सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफूले प्रदेश सभामा अपांगताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् । उनले आगामी दिनमा आफ्नो तर्फबाट अपांगताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसँग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य तथा सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिवक्ता भुवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

पोखरा ५ स्थित धर्मस्थली माविमा भएको कार्यक्रम संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा २२ जना अपांगता भएका महिला सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width