सकियो प्रदेशस्तरीय ललितकला प्रदर्शनी

आदर्श समाज सम्वाददाता
फागुन २४, २०८०
Lalitkala Ending Photo 1

पोखरा । ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बुधबारदेखि सकिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरा नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा प्रदर्शनी भएको हो ।
सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा भएको प्रदर्शनी समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए । यसका लागि जनता आफैं प्रस्ताव लिएर महानगर जानुपर्ने उनको भनाइ थियो । ‘मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एक जना पनि प्रस्ताव लिएर आउनुभएको छैन,’ उनले भने, ‘प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौं । मेरो आलोचना गर्न पनि नपाइने भन्ने होइन, गर्नुस् मलाई गतल गर्ने छुट छैन ।’

महानगरको स्थापना दिवसको अवसरमा २७ गते बिहान पृथ्वीचोकमा ‘कोसेलीघर’ शिलान्यास गरिने उनले सुनाए । ‘कोसेलीघर’ मा पुस्तकालय र आर्ट ग्यालरी राखिने उनले जनाए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कूलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए । उनले आगामी दिनमा अझै राम्रो कार्यक्रम गर्दै जाने उनले सुनाए । ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताए । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रुपमा राख्नसक्नुपर्नेमा उनको जोड थियो । महानगरपालिकाले मायाको चिनो र कोसेलीका रुपमा कलाकारको कला दिन उनले सुझाव दिए ।

प्रदर्शनीमा गण्डकीका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए । प्रदर्शनीमा सामेलमध्ये ३५ कलाकृति काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा लगिने उनले बताए ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्टलाई १ लाख र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ पुरस्कार व्यवस्था छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…

hero news full width