नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
squash photo 2

पोखरा । नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिकास्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत् यी ४ खेलाडी ४ फरकफरक विधामा च्याम्पियन बनेका हुन् ।

स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी ४ विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।

खुला पुरुषतर्फ आभान विजेता हुँदा सुजन आचार्य द्वितीय, आरभ श्रेष्ठ र शक्ति शर्मा तृतीय भए । महिला विधामा आशुका रञ्जित द्वितीय, करिश्मा वली र अमिषा भण्डारी तृतीय भए । बिगिनर्समा रिजन बुद्धाचार्य द्वितीय, जेम्स शाक्य र प्रसुन बुद्धाचार्य तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले मेडल र प्रमाणपत्रसहित समान ८/८ हजार रूपैयाँ प्राप्त गरे । द्वितीय हुनेले ४/४ हजार रुपैयाँ र तृतीय भएका दुई जनाले २/२ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, स्क्वास ¥याकेट एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखे, महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, स्क्वास र्‍याकेट एसोसिएसन गण्डकी अध्यक्ष अशोक रञ्जितले नगद, मेडल र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा ३८ जना खेलाडी सहभागी भएको स्क्वास  र्‍याकेट एसोसिएसन कास्की सचिव सन्तोष घिमिरेले जानकारी दिए । समापनका कार्यक्रममा स्क्वास खेलाडी टकबहादुर तिलिजाले स्कवास खेलको विकासका लागि ३ थान  र्‍याकेट स्क्वास ¥याकेट एसोसिएसन कास्कीलाई हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width