गण्डकी आइस हक्की संघमा वीरेन्द्र

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
Hakki sang

पोखरा । गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न भेलाले वीरेन्द्र पौडेलको अध्यक्षतामा गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो ।

उपाध्यक्षमा मनीष केसी, सचिवमा पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा विष्णु कार्की चयन गरेको छ । सदस्यमा शिव पौडेल, निपेन्द्र श्रेष्ठ, ईश्वरी चापागार्इं र राजु गिरी छन् ।
भेलाले विभिन्न ६ जिल्लामा आइस हक्की खेलको प्रचार र प्रवद्र्धन गर्न संयोजक तोकेको छ । स्याङ्जा संयोजकमा शिव पौडेल, लमजुङमा प्रल्हाद बोहोरा, पर्वतमा विशाल महत, बागलुङमा शान्ति श्रीष मगर, तनहुँमा उपेन्द्र श्रेष्ठ र कास्की संयोजकमा तीर्थ सुवेदी छन् ।

यसअघि भेलाको उद्घाटन वागमती प्रदेश सभाका सभामुख एवं नेपाल आइस हक्की संघ केन्द्रीय अध्यक्ष भुवन पाठकले गरेका हुन् । आइस हक्की इन्डोर स्टेडियममा खेलिने खेल भए पनि संघले एक अन्तर्राष्ट्रिय प्रतियोगिता सगरमाथा नजिकको हिमतालमा आयोजना गर्ने गरी तयारी समेत गरिरहेको उनले बताए ।

नेपालमा समेत पछिल्लो समय आइस हक्कीप्रति रुचि बढ्दै गएको बताउँदै उनले पूर्वाद्धार निर्माणले खेल पर्यटनमार्फत मुलुकमा पर्यटन आर्थिक समृद्धिको ढोका समेत खोल्ने बताए ।

गण्डकी प्रदेशका पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं सांसद पञ्चराम गुरुङले साहसिक खेलकुदका कार्यक्रमले नै प्रदेशको पर्यटन प्रवद्र्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल आइस हक्की संघ उपाध्यक्ष विजय खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले गण्डकी प्रदेशलाई साहसिक खेलकुद गन्तव्यरुपमा अघि बढाउन आइस हक्की संघले प्रभावकारी कार्यक्रम अघि बढाउनुपर्ने औंल्याए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width