१७ औं बिटी कप १ फागुनदेखि

आदर्श समाज सम्वाददाता
माघ २६, २०८०
bt cup

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबले सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरा १, पुरानो टुँडिखेल मैदानमा १ फागुनदेखि खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलनमा क्लब अध्यक्ष असिम थापाले बताए । थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार टिमको सहभागिताको आधारमा समापन मिति पछि हुनेछ ।

विजेतालाई १ लाख ७१ हजार र उपविजेतालाई १ लाख ५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने सचिव रेशम सापकोटाले बताए । सर्वाेत्कृष्ट खेलाडीलाई १० हजारले पुरस्कृत गरिने छ । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने अनुशासित टिमलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width