सगरमाथामा वार्षिक खेलकुद कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
sagarmatha niketan

पोखरा । सगरमाथा निकेतन विद्यालयमा त्रिदिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालय प्राचार्य दिलीप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्रांगणमा समारोहको उद्घाटन गरे । उनले मानव स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए ।

विद्यार्थी अनुषा अधिकारीले खेल भावनाको सपथ ग्रहण गरेकी थिइन् । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका झन्डै ४ सय विद्यार्थीले भाग लिएका छन् । उनीहरूले १ सय १७ स्वर्ण, १ सय १६ रजत र ५७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फुटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस तथा एथलेटिक्सतर्फ सटपुट, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, रिले दौडलगायत खेलमा प्रतिस्पर्धा हुने खेलकुद शिक्षक कृष्ण थापाले जनाए ।

अफिसियल सुरज पौडेलका अनुसार पहिलो दिनको खेल विद्यालय खेल मैदानमा, दोस्रो दिन गोस्ते घाट खेल मैदान, लामाचौरमा र समापन पोखरा रंगशालामा गरिने छ । शिक्षक रामजी बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width