रोशिलालाई मिस तामाङ पोखराको ताज

आदर्श समाज सम्वाददाता
माघ २१, २०८०
Miss tamang grand finale newss

पोखरा । सोनाम ल्होसारको अवसरमा बैदाम तामाŒ सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधि रोशिला तामाङले जितेकी छिन् । उनले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । पोखरा सभागृहमा भएको प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रोशिलाले ताज जितेकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ, सेकेन्ड रनरअप वर्षा तामाङ, भ्युअर्स च्वाइस अवार्ड अर्पना तामाङले जितेकी छिन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ हजार, सेकन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ तथा भ्युअर्स च्वाइसमा नगद २० हजार पुरस्कार हात पारेका छन् ।

देशभरबाट १० जना तामाङ समुदायका युवतीको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिले विभिन्न सबटाइटल पाए । मनिका लामा तामाङले बेस्ट वाक, रिमाया तामाङ मिस कल्चर, दीक्षा लामा मिस पंच्युअल, सुनामी तामाङ, टिसिरिङ तामाङ मिस फ्रेन्डली, अर्पना तामाङ बेस्ट हेयर, रोशिला तामाङ मिस ट्यालेन्ट, याङ्जी तामाङ मिस ब्युटी विथ परपोज, र वर्षा लामाले मिस कन्फिडेन्टको टाइटल जिते ।

कार्यक्रममा राजु केसी, तीर्थ तामाङ, कमला गुरुङ, सन्तोष उपाध्याय निर्णायक थिए । गायक संगीतकार राजनराज शिवाकोटी र सञ्जीव वाइबाको सांगीतिक प्रस्तुति राखेका थिए । वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बैदाम तामाङ सेवा समाज कास्कीका अध्यक्ष ज्याक तामाङले गरेका थिए । साथै कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गरेका थिए । हरेक वर्ष ल्होसारका अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width