डोना एफसी च्याम्पियन

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
BByc footbal

पोखरा । विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।

पोखरा ४ स्थित बिफिट फुटसलमा शनिबार फाइनलमा नदीपुर टिम ‘बि’ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।

विजेता डोनाले ५५ हजार र उपविजेता नदीपुरले २७ हजार साथमा सिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यस्तै, सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशीष गुरुङ सर्वाधिक गोलकर्ता (१० गोल) भए ।

२८ टिमले भाग लिएको प्रतियोगिताको समापन समारोहका पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्णबहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width