एक्सन स्पोर्टसले आहा रारा प्रत्यक्ष प्रसारण गर्ने

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Action Sports

पोखरा । आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणका खेलको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने भएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिसहोम र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्डकास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । ९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ । साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् ।

प्रतियोगिताको फाइनल खेल २० माघमा हुनेछ । विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width