आजदेखि आहारारा

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
aaha-committee.

पोखरा । बहुप्रतिक्षित २३ औं आहा रारा पोखरा गोल्ड कप मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र थ्रि स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ ९ देखि २० सम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । जसमा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन् ।

क्लब महासचिव रामजीप्रसाद अधिकारीका अनुसार विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन् । प्रिक्वाटर विजेता र पराजित दुवै टिमलाई २०÷२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०÷३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ समेत पुरस्कार व्यवस्था छ ।

क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्चिने भएकोले प्रतियोगिता सफल पार्न सबैसँग आग्रह गरे । प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो । प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width