गण्डकी बक्सिङमा विद्या मर्सानी

आदर्श समाज सम्वाददाता
पौष २४, २०८०
boxing

पोखरा । गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समिति संयोजकमा विद्याप्रसाद मर्सानी चयन भए । सहसंयोजकमा खगेन्द्र क्षत्री छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकी आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजकमा क्षत्रीसहित ९ सदस्यीय तदर्थ समिति निर्विरोध चयन गरेको हो ।

मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक हुन् । उनी राखेप अन्तर्गत तत्कालीन पश्चिमाञ्चाल क्षेत्रीय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । क्षत्री परिषद्का सदस्य हुन् ।

सदस्यमा सनी केसी, मीनबहादुर भण्डारी, पहलसिंह थापा, पूजन शाक्य, ऋषीसरा थापा, सुविन गुरुङ र दलबहादुर राना छन् ।

यसअघि भेलालाई सम्बोधन गर्दै परिषद् सदस्यसचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषद्ले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै अनुशासनलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सर्वसम्मत रुपमा बक्सिङको समिति गठन हुनु उदाहरणीय कार्य रहेको जनाए ।

नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पहारीले नवगठित कार्यसमिति गण्डकी प्रदेशमा बक्सिङ खेलको विकासमा योजनासहित अघि बढ्नेमा आफू विश्वस्त रहेको जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै