३१ औं त्रिवेणी कप उपाधि लालीगुराँस युवा क्लबलाई

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
triveni cup

फाइल फोटो ।

लमजुङ । ३१ औं त्रिवेणी कप उपाधि लालीगुराँस युवा क्लब, भुजुङ लमजुङले जितेको छ ।

शनिबार बेंसीसहरस्थित सहजी खेल मैदानमा भएको फाइनलमा बेंसीसहर युथ सोसाइटी लमजुङलाई १–० गोलअन्तरले पराजित गर्दै १९ वर्षपछि उपाधि जित्न सफल भएको हो । २०६१ सालमा उपाधि जितेको उसले यसपालि विपक्षीको आत्मघाती गोल उपहारसँगै उपाधिसहित ८ लाख रुपैयाँ पुरस्कार जितेको हो । उपविजेताले ४ लाख पाएको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

बेंसीसहर युथ क्लबका विदेशी खेलाडी आन्द्रेय नियाले खेलको ६० औं मिनेटमा आत्मघाती गोल गरेका हुन् । विपक्षीका खेलाडीको खेलाडीको प्रहार फर्काउनेक्रममा नियाको टाउकोमा लागेर बल गोलपोस्ट छिर्दा भुजुङ टिमको भाग्य चम्किएको हो । सेमिफाइनलमा समेत भुजुङ टिमले आत्मघाती गोल उपहार पाएको थियो ।

सेमिफाइनलिस्ट लाङ्दीदेवी युवा क्लब क्लब नाल्मा लमजुङ र अभिषेक चर्च नवलपुरले १–१ लाख रुपैयाँ साथमा मेडल र र प्रमाणपत्र प्राप्त गरे ।

सर्वोकृष्ट खेलाडीको उपाधि बेंसीसहर युथ सोसाइटीका लक्षु थापा बने । उनले नगद २० हजार पुरस्कार जिते । सर्वाधिक गोलकर्ता सुन्दरबजार फुटबल क्लबका एरन थापा (४ गोल) ले नगद २० हजार प्राप्त गरे ।

अनुशासित खेल प्रदर्शन गर्ने टिम अभिशेक चर्च रजहरलाई फेयर प्ले ट्रफी प्रदान गरिएको छ ।

विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कृत गरे । उनले नेपाली महिला टोलीका खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गरे ।

२१ टिमले भाग लिएको प्रतियोगितामा लमजुङसहित काठमाडौं, काभ्रे, चितवन, नवलपरासी, तनहुँ, कास्कीका टिमले भाग लिएको क्लबले जनाएको छ ।

यो प्रतियोगिता गण्डकीमा आहारारा पोखरा गोल्डकपपछि दोस्रो ठूलो पुरस्कार राशि भएको फुटबल प्रतियोगिता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width