ज्यानसम्बन्धी मुद्दामा प्रतिवादी पक्राउ

आदर्श समाज सम्वाददाता
पौष २०, २०८०
police c

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३, काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतले गएको भदौ १८ गते क्षत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

क्षत्रीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएमो अदालतले कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width