कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
मिचल एक्लै पदयात्रामा जानुभएको थियो । पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उहाँले आफ्नो नाम दर्ता गर्नुभएको थियो । बेपत्ता पर्यटकको खोजीका लागि पोखराबाट प्रहरी टोली त्यसतर्फ शनिबार साँझ नै प्रस्थान गरेपछि अझै पुग्न नसकेको प्रहरीले जनाएको छ । “पर्यटक सम्पर्कविहीन भएको सूचना पाएपछि हामीले शनिबार साँझ नै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई त्यसतर्फ पठाएका छौँ,” प्रनाउ विकले भन्नुभयो, “प्रहरी टोली अझै सो ठाउँमा पुगिसकेको छैन, टोली पुगेपछि खोजीमा लाग्नेछ ।” माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट समेत बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारको काम भइरहेको जानकारी दिनुभयो ।
“स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट आज बिहानदेखि नै खोजी सुरु गरे पनि साँझसम्म केही जानकारी प्राप्त हुन सकेको छैन,” गुरुङले भन्नुभयो । स्थानीय पर्यटन व्यवसायीका अनुसार बेपत्ता पर्यटक मर्दीको भ्युपोइन्ट पार गरेर बेसक्याम्पतर्फ गएको जानकारी प्राप्त भएको छ । मर्दीको हाई क्याम्पबाट आधार शिविर पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ । मर्दी हिमाल पदयात्रा पछिल्ला केही वर्षदेखि कहलिएको पदयात्रामा पर्दछ । माछापुच्छ्रे गाउँपालिकाको सिदिङ, धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाले अष्ट्रेलियन क्याम्पबाट मर्दी पदयात्रा सुरु गर्न सकिन्छ । रासस
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१