अधिकार माग्दै सातै मु्ख्यमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
CM-7 province

पोखरा । हेटाै‌ंडा बैठकपछि सातवटै प्रदेशका मुख्यमन्त्रीले शनिबार बिहान प्रधान प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

हेटौंडाबाट सिधै काठमाडाै‌ं पुगेर उनीहरुले शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन् ।

गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णय कार्यान्वयनमा प्रधानमन्त्री उदासिन भएको मुख्यमन्त्रीहरुको गुनासो छ ।

संघीयता कार्यान्वयनका साथै  सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन मुख्यमन्त्रीहरुले आवाज उठाउँदै आएका छन् ।

प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नपाएको निश्कर्ष मुख्यमन्त्रीहरुको छ ।  साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको प्रदेश र पालिकाका प्रतिनिधिले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width