सकियो एन प्याब्सनको बाल प्रतिभा पहिचान महोत्सव

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
Npabsions

पोखरा । नेसनल प्याब्सन कास्कीले आयोजना गरेको प्रथम बृहत् बाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार सकिएको छ । ११ विधामा प्रतियोगिता राखिएको महोत्सवमा सामूहिक लोकनृत्यतर्फ अञ्जुली आवासीय विद्यालय प्रथम, अक्सफोर्ड स्कुल द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतीय र राजिङ स्टार सान्त्वना भएका छन् ।

चित्रकलातर्फ लिटिल फ्लावर एजुकेसनल एकेडेमीकी रोजी गुरुङ प्रथम, रत्नज्योति माविका रोजन थापा द्वितीय, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका अमीत घले तृतीय र फेवा बोडिङ स्कुलका प्रवेश परियार सान्त्वना भएका छन् ।

कम्प्युटर टाइपिङमा कास्की मोर्डनाइज्डका दिक्पाल गुरुङ प्रथम, साइनिङ स्टारका अग्रीम पाण्डे र लाविन रेसिडेन्सियल स्कुलका सक्षम थापा द्वितीय, त्रिवेणी पब्लिक माविका प्रमोद रानाभाट र नेसनल क्रियसन एकेडेमीका योजन पौडेल तृतीय तथा रिलायन्स पब्लिक इङ्लिस स्कुलका पुजन कँडेल, रत्नज्योति माविका स्वरुप तिवारी, पुष्पसदन एकेडेमीका प्रज्वल केसी र गोर्खा इङ्लिस बोर्डिङ स्कुलका डेनियल तामाङ सान्त्वना भएका छन् ।

एकल अभियनमा कास्की मोर्डनाइज्ड एकेडेमीकी खुश्बु थापा प्रथम, सिद्धार्थ लबडेल स्कुलकी छिरिङ थिले द्वितीय, डायमण्ड मोडल स्कुलकी सेविया सापकोटा तृतीय र मर्निङ ग्लोरी एकेडेमिक स्कुलकी मेनुका पौडेल सान्त्वना भएका छन्।

चोयाबाट बनेका सामग्री हस्तकला प्रतियोगितातर्फ मर्निङग्लोरी एकेडेमिक स्कुलका सुदीप राई र सरोज तामाङ तथा युनिभर्स बोर्डिङ स्कुलका रीतिका गुरुङ र प्रतीक श्रेष्ठ प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका पूर्ण राना र सिमा पाटा द्वितीय, बागमारा एकेडेमिक गार्डेनका हिमाल गुरुङ र सुगम आचार्य तृतीय तथा ओएसिस एकेडेमीका कृष परियार र आभाष रानाभाट सान्त्वना भएका थिए ।

पराल वा छ्वालीबाट बनेका सामग्री हस्तकला प्रतियोगितामा मर्निङ ग्लोरीका सरगम गिरी र मनिका आचार्य प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका रोशनी राना र रशिका गुरुङ द्वितीय, लाविन रेसिडेन्सियल स्कुलका सिम्रन कुमाल र श्रेया केसी तृतीय र फेवा बोर्डिङ स्कुलका ममता अधिकारी र प्रतिष्ठा विक सान्त्वना भए ।

पातबाट बनेका हस्तकला प्रतियोगितातर्फ मर्निङ ग्लोरीका मनिका नेपाली र स्मृति दाहाल, ज्ञानज्योति विद्याकुञ्ज माविका अनीषा थापा र नवीना विक प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका नाज्मा थापा र रचना मगर द्वितीय न्यु ग्यालेक्सी माविका सोफिया क्षेत्री र सुमीना सहनी तृतीय र फेवा बोर्डिङका सम्पदा ढकाल र सपना पाण्डे सान्त्वना भए ।

अपसाइक्लिङ/रिसाइक्लिङ प्रतियोगिता रत्नज्योति माविका श्रेया गिरी र कंगना गुरुङ प्रथम, अल्फा एकेडेमीका दिया रानाभाट र निशान केसी द्वितीय, कास्की मोर्डनाइज्डका प्रनिशा गुरुङ र नितु खत्री तृतीय तथा गोर्खा इङ्लिस बोर्डिङ स्कुलका दिया राना र विजय सुनार सान्त्वना भए ।

आविष्कार प्रतियोगितातर्फ रत्नज्योति माविका रिबिका गुरुङ र एन्जिला अधिकारी प्रथम, अक्सफोर्ड स्कुलका गौरव आचार्य र हिमाल आचार्य तथा कास्की मोर्डनाइज्डका सलिन महत र कृष्ण गुरुङ द्वितीय, अञ्जुली आवासीय माविका प्रमिश अधिकारी र मेनुष्का पुन तृतीय तथा होली माउन्ट अंग्रेजी माविका अभय विक र सुशान्त अधिकारी सान्त्वना भए ।

कवितावाचन प्रतियोगितातर्फ साइनिङ स्टार बोर्डिङ स्कुलकी विना घिमिरे प्रथम, ज्ञानज्योति विद्याकुञ्ज माविका सुष्मा अधिकारी द्वितीय, अक्सफोर्ड स्कुलकी लीना गुरुङ तृतीय र कास्की मोर्डनाइज्ड एकेडेमीका कसिस गुरुङ सान्त्वना भए । एकल गायन प्रतियोगितातर्फ बड्स एकेडेमीका दीपलक्क्ष्य सुनार प्रथम, ज्ञानज्योति विद्याकुञ्ज माविका डेभिड सुनार द्वितीय, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साल क्षेत्री र साइनिङ स्टार बोर्डिङ स्कुलका अंशु पाण्डे तृतीय र नेसनल क्रियसन एकेडेमीका सौगात तामाङ सान्त्वना भए ।

समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कला र संस्कृतिको जगेर्ना गर्ने काम एन प्याब्सन कास्कीले गरेको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले महोत्सव विद्यार्थीका लागि कोषेढुंगा साबित भएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, एन प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी लगायतले बोलेका थिए ।

महोत्सवमा १ हजार ६ जना विद्यार्थी सहभागी भएको प्रतियोगिता १ लाख भन्दा बढीले अवलोकन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width