शेर कप बास्केटबल

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
basket bal

लेखनाथ । पोखरा महानगरपालिका वडा ३०, पावरहाउसमा रहेको सूर्यमुखी तमु समाजको आयोजनामा अन्तरसमूह शेर कप बास्केटबल प्रतियोगिता सुरु भएको छ । सूर्यमुखी तमु समाजका संस्थापक अध्यक्ष एवं भूपू सैनिक तथा प्रहरी संगठन केन्द्रिय सदस्य शेरबहादुर गुरुङद्वारा स्थापित समाजले विगत वर्षदेखि नै ल्होसार अवसर पारी सो बास्केटबल प्रतियोगिता गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन तमु प्हे लु संघ अध्यक्ष कृष्णबहादुर गुरुङले गरेका थिए । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषका ५/५ टिमले भाग लिएका छन् ।
विजयीलाई पुरस्कृत गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width