फिस्टेल स्पोर्टस् फेस्टमा को को भए विजेता ?

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
30418a5b-d2e1-4022-a0bb-041ade91beab

पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अन्तर्गत सेभेन ए साइड फुटबलको उपाधि शान्ति निकुञ्जले जितेको छ । उसले लिटिल फ्लावरलाई शनिबार फाइनलमा हराएको हो ।

प्रतियोगिताा शान्तिदीप स्कुल तेस्रो भयो । उनीहरूले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

टेनिसतर्फ १६ वर्षमुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम हुँदा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय भए ।

१२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने ।

१० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशु निकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुंगाना तेस्रो बने ।

९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।

छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी पहिलो र दोस्रो भए । फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय भए । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय हुँदा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।

फेस्टको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुलारूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width