ढाकाचोली महिला सहकारीको चौंथो वार्षिक साधारण सभा

आदर्श समाज सम्वाददाता
पौष ६, २०८०
Dhaka choli news pic

पोखरा । ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्थाको चौंथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । समारोह उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा ७ का वडाध्यक्ष राममोहन आचार्यले महिला उद्यमशीलताको विकास गर्दै बचत तथा ऋण प्रवाह गरिरहेको सहकारीलाई छिट्टै वडाको नमुना सहकारीको रुपमा देख्न चाहेको बताए । उनले सहकारीहरु सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार चल्नुपर्ने सुझाव दिए ।

को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी अध्यक्ष डिल्लीराम बरालले सहकारीमा सबैको समान अधिकार भएको हुँदा अरुको लहैलहैमा नलागी सेयर सदस्य एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले महिला सशक्तीकरणका लागि महिला उद्यमशीलतालाई अगाडि बढाउन सुझाव दिइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक आमाहरु रेवती पनेरु र कमला कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नियमित बचतकर्ता सरला ढुंगाना र कृष्णा थापा, कर्मचारी व्यवस्थापक सन्ध्या खत्री र मार्केटिङ सपना बानियालाई पनि सम्मान गरिएको थियो । साथै सेयर सदस्यका छोराछोरीमध्ये एसइईमा ए प्लस ल्याउन सफल लक्ष्मण रिमाल सम्मानित भए ।

संस्थाका संस्थापक अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीकुमारी गुरुङ र सञ्चालन सचिव सीता ठडराईले गरेकी थिइन् ।

कार्यक्रममा लेखा संयोजक प्रभाकुमारी बास्तोला, पूर्व सल्लाहकार नानीमाया थापा, सदस्य निरशा गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पार्वती पनेरुले संस्थाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गंगा रिमालले आर्थिक प्रतिवेदन र सचिव सीता भट्टराईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width