दसैंतिहारले रगत अभाव

श्रीभद्र पौडेल
कार्तिक १५, २०८०
blood news photo

पोखरा । मानव शरीर सञ्चालनका लागि रगत अनिवार्य छ । शरीरमा उत्पादन भएको रगत आफ्नो लागि त प्रयोग हुन्छ नै अर्काको लागि पनि दान गरेर पुण्य कमाउन सकिन्छ । तर आवश्यक परेको बेला रक्तदाता पनि नपाइने र सेवाग्राहीले रगत पनि नपाउने अवस्था आउनु दुखद हो ।

दसैं तिहार लगायत चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव हुन गएको छ । तीमध्ये पिआरपी (प्लेटलेट्स रिच प्लाज्मा) को चर्को अभाव रहेको रक्त सञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले बताए । उनका अनुसार रगतका विभिन्न भेरियन्टमध्ये पिआरपी बनाउन ‘बि’ पोजेटिभ रगत आवश्यक पर्छ । रक्त सञ्चार केन्द्रमा हाल पर्याप्त मात्रामा पिआरपी मौज्दात छैन । पिआरपी बनाएको रगत ५ दिनभित्रै प्रयोग गर्नुपर्ने हुन्छ ।

पोखरा क्षेत्रमा दैनिक सरदर ७० देखि ८० युनिट रगत खपत हुने गर्दछ । यहाँ नियमित समयमा मासिक ३० देखि ३५ संस्थाले रक्तदान गर्ने गर्दछन् । तर यस वर्षको कात्तिका आधाआधि बित्न लाग्दा समेत मुस्किलले ६ वटा मात्र कार्यक्रम भए । पछिल्लो पटक मंगलबार एक संस्थाले आकस्मिक रक्तदान आयोजना गरेकोमा ४३ युनिट रगत संकलन भएको छ ।

नियमित रक्तदान कार्यक्रम नहुँदा पिआरपीको अभाव – ज्ञवाली

रगत अभाव हुन नदिन सबैले सद्भाव राखी रक्तदानको महत्व बुझेमा समस्या समाधान हुने केन्द्र पोखराका प्रमुख ज्ञवालीको भनाइ छ । नभए रगत व्यवस्थापन चुनौतीको विषय बन्न सक्ने उनले चेतावनी दिए ।

‘रक्तदान गर्नु आफैंमा फाइदाजक छ भन्ने कुरा सबैले बुझ्नुप¥यो । यसले खासगरी मुटु स्वस्थ बनाइराख्न सहयोग पनि गर्छ । साथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि रक्तदान जरुरी हुन्छ,’ उनले भने, ‘रक्तदानले कतिपय अवस्थामा हृदयघात हुनबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।’ रक्तदानले शरीरमा आइरनको मात्रा सन्तुलित राख्न सहयोग पुग्छ । जसले क्यान्सर र कलेजोको समस्याबाट बच्नमा योगदान गर्छ । रक्तदानबाट शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले शरीरमा नयाँ ऊर्जा मिल्छ ।

शान्तिदीप अभियान पोखराद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले भने पोखरामा रगत अभाव नभएको दाबी गरे । ‘चाडपर्व परेकाले रक्तदान कार्यक्रम नहुँदा केही दिनका लागि थोरै असहजता जस्तो मात्रै भएको हो । हामीसँग पोखरा, लेखनाथ, स्याङ्जादेखि हेमजा क्षेत्रसम्मका ४ सय ९४ जना स्वयंसेवी रक्तदाता हुनुहुन्छ । आवश्यक पर्दा फोन गर्नेबित्तिकै मानवीय सेवा सम्झेर उहाँहरु रगत दिन हाजिर हुन्छन् ।’

रक्त सञ्चार केन्द्रले रेडक्रस लगायतका विभिन्न संघसंस्थाको सहयोगमा यस वर्षको वैशाखमा१ हजार ४ सय ८४ युनिट रगत संकलन भएको थियो । जेठमा १ हजार ८ सय ९५, असारमा १ हजार ७ सय ४३, साउनमा १ हजार ९ सय ३९, भदौमा १ हजार ९ सय ९४ तथा असोजमा १ हजार ६ सय १ युनिट रगत संकलन भएको थियो ।
केन्द्रले विगतमा बढी रगत संकलन भएको बेला काठमाडौं, चितवनस्थित विभिन्न अस्पतालमा पनि रगत पु¥याएको थियो । कास्कीमा मात्रै वार्षिक २२ देखि २४ हजार युनिटसम्म रगत संकलन हुने गरेकोमा अघिल्लो वर्ष निकै बढी ३३ हजार युनिट रगत संकलन भएको जनाइएको छ । जिल्लामा वार्षिक ६ सय बढी संघसंस्थाले रक्तदान गर्ने गरेका छन् । काठमाडौं, चितवनस्थित विभिन्न अस्पतालबाट समेत पोखरामा रगत माग हुने गरेको छ ।

रक्तदाता खोज्दै मोबाइल भ्यान
रगत अभाव हुन नदिन जिल्ला रेडक्रस सोसाइटी कास्कीले मोबाइल भ्यान सञ्चालन गरेको छ । २÷३ जनासम्म रक्तदाता भए पोखरादेखि लेखनाथ क्षेत्रसम्मका जुन कुनै चोकसम्म पनि उक्त भ्यान पु¥याउने गरेको सोसाइटीले जनाएको छ । जसमार्फत रगत संकलनमा सहजता भइरहेको कावा सभापति समेत रहेका उपसभापति धर्मराज अधिकारीले बताए । दसंैमा ३ दिन रक्तदानका कुनै पनि कार्यक्रम नभएका कारण हाल रगत व्यवस्थापनमा चुनौती भएको उनको भनाइ छ । नेगेटिभ ग्रुपको रगत अभाव सधैंजसो हुने गरेकै हो तर हिजोआज पोजेटिभको पनि अभाव हुन थालेको उनले बताए । रेडक्रसले कसैलाई रगत चाहिएमा वा दिनुपरेमा ९८५६०२७४४४ मा सम्पर्क गर्न आग्रह पनि गरेको छ । दसैंलगत्तै रक्तदान कार्यक्रम हाल नियमित अवस्थामा जस्तै फर्किए पनि विगतको तुलनामा कम युनिट संकलन हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width