आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०८०
nepal wins cricket.

पोखरा । नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘ए’ मा एक खेल बाँकी छँदै नेपाल अन्तिम चारमा पुग्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । नेपालको जीतमा कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । आक्रामक ब्याट्सम्यान मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रनको अर्धशतकीय इनिङ खेले । नेपाल जित नजिक पुग्दा उनी १७ औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे । त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो । यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए । ओपनर भुर्तेलले ४३ रन जोडे । उनले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाउन सफल भएका हुन् । मलेसियाको बलिङमा मोहम्मद अमिरले ३ तथा पवनदीपले १ विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे ।

मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाउँदा सइद अजिजले अर्धशतक पूरा गरेका थिए । उनले सर्वाधिक ६८ रन बनाउन सफल भए । मलेसियाका ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे । अविनाश बोहोराले ५/५ ओभरमा जबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए।

अब नेपालले समूह ‘ए’ मा रहेको ओमानसँग सेमिफाइनलमा खेल्नेछ । नेपाल र ओमानको समान ४ अंक भए पनि रनरेट आधारमा ओमान अगाडि छ । यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा प्रवेश गर्दा समान २ हार व्यहोरेका मलेसियाका र सिंगापुरको यात्रा समूह चरणबाटै अन्त्य भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width