१०३ वर्षे महानगरपिता पोखरेललाई सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८०
Jestha nagarik sammansd

पोखरा । पोखरा महानगरपालिकाकाले वडा नम्बर २६ का १ सय ३ वर्षीय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ ।

३३ ओैं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पारे पोखरेललाई महानगरपालिकाले १५ हजार रुपैयाँ नगदसहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

पोखरेललाई सम्मान गर्दै, वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै ज्येष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

जीवनशैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाले वार्षिक रुपमा ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामग्री वितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक विकासमा मात्र नभई सर्बसुलभ रुपले शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुच हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले वार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताइन् । उनले यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताइन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्ज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैयाँ थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै