कर्णालीमा एनसेलको फोरजी

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८०
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लि.ले ती ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायानाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चार वटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं । यो एउटा कोशेढुंगा हो किनभने पछिल्लो विस्तारपश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउने छ ।’

एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको छ । फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ ।

देशभरी एनसेलको ४ हजार १ सयभन्दा बढी फोजाी बिटीएसहरु सञ्चालनमा छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्‍याउँछ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४ सय ५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो राष्ट्रिय विज्ञान दिवस

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । पोखरामा ११ औं राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान…
  • पामेमा डिमहोमको फाइबरनेट सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २१, २०८०
    पोखरा । पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यकालगायत आसपासका…
  • युवाले ठूला सपना देख्नुपर्छ: सिइओ जाब्बोर

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८०
    काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं…
  • एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८०
    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जितेको…
  • एनसेललाई सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ७, २०८०
    काठमाडौं । अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान…

hero news full width