युवाले ठूला सपना देख्नुपर्छ: सिइओ जाब्बोर

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८०
Ncell

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गरे । युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरूको सहभागिता थियो ।

यस वर्षको ‘केवाइसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाएका थिए । १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको सो भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न प्रेरित गरे ।

जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरे । उनले भने, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।’

उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरसेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, इसेवाका सिइओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतले प्रेरणादायी भनाइ प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो राष्ट्रिय विज्ञान दिवस

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । पोखरामा ११ औं राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान…
  • कर्णालीमा एनसेलको फोरजी

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८०
    काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा…
  • पामेमा डिमहोमको फाइबरनेट सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २१, २०८०
    पोखरा । पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यकालगायत आसपासका…
  • एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८०
    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जितेको…
  • एनसेललाई सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ७, २०८०
    काठमाडौं । अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान…

hero news full width